पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भृकुटीमण्डपमा ‘नाडा अटो प्रदर्शनी’ गरिने

काठमाडौं । मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘नाडा अटो प्रदर्शनी’ गरिने भएको छ ।

मङ्गलबारदेखि शुरु हुन लागेको यस वर्षको ‘नाडा अटो सो’ का बारेमा जानकारी दिन सोमबार आयोजित कार्यक्रममा नेपाल अटो मोबाइल्स डिलर्स सङ्घले प्रत्येक वर्ष नयाँ ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे र ठूला सवारी साधनको कारोबारमा वृद्धि हुँदै गएको जनाएको छ । 

भदौ २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा प्रदर्शनी गरिने भएको हो । 

त्यस अवसरमा सङ्घका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले देशमा पूर्वाधारको विकास र उपभोक्ताको आम्दानी वृद्धि हुन सकेमा स्वदेशमा नै अटो मोबाइल्स क्षेत्रको उत्पादनका काम शुरु गर्न सकिने बताउनुुभयो ।