धितोपत्र बजार आज पनि ओरालो
काठमाडौं । धितोपत्र बजार सोमबार पनि ओरालो लागेको छ ।
आइतबार दोहारो अङ्कले घटेको बजार सोमबार ८.१ बिन्दुले घटेर एक हजार २१० मा झरेको छ ।
स्टकका अनुसार कूल १६२ कम्पनीको ११ लाख ५९ हजार २७२ कित्ता शेयर २७ करोड ७४ लाख मूल्यमा खरिद बिक्री भएको छ ।