पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश स्तरीय पुरुष भलिबलको उपाधि चुली युबा क्लबलाई

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि चुली युवा क्लव, मटेलाले जितेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा चुलीले फाइनलमा रुकुमको टिमलाई पराजित गर्दै उपाधि जितेको हो । रुकुम उपविजेता बन्यो । 

प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि चुलीकै बिजय बस्नेत घोषित भएका छन् । चुलीले ५० हजार ५५५ नगदसहित मेडल र प्रमाणपत्र हात पारेको छ । 

सेमिफाइनलमा सशस्त्रलाई पराजित गर्दै चुलीले फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगितामा उपविजेता रुकुमले नगद २५ हजार ५५५, मेडल र प्रमाणपत्र हात पारेको छ । 

प्रतियोगितामा सशस्त्रको टिम तेस्रो भयो ।