पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

महानगरपालिकाद्वारा ‘ए’ डिभिजन फुटबल टोलीलाई सहयोग

काठमाा्डौं । काठमाडौं महानगरपालिकाले राजधानी केन्द्रित ६ वटा ‘ए’ डिभिजन फुटबल टोलीलाई दश लाख बराबरको सहयोग गरेको छ ।

महानगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी ६ वटा ‘ए’ डिभिजन फुटबल टोलीलाई सहयोग गरेको हो । ६ ए डिभिजन टोलीले ५ लाख रुपैयाँ नगदका साथमा ५ लाख बराबरका अन्य सामग्री सहयोग प्राप्त गर्नेछन् । 

एन्फाले असोज १३ गतेदेखि शहिद स्मारक ए डिभिजनको आयोजना गर्न लागेको छ ।

खेलाडी तथा क्लवको मनोबल उच्च गर्न महानगरपालिका भित्रका क्लबलाई सहयोग गर्न लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जनाएका छन् ।