पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आशु कविता लेखन तथा वाचन प्रतियोगितामा अनुज्ञानेपाल प्रथम

काठमाडौँ, २५ भाद्र २०७५ । १ सय ५३ औँ मोतीजयन्तीका अवसरमा रिडर्स इन्टरनेशनल मोडेल स्कुल (रिम्स) ले आयोजना गरेको बाह्रौँ आशु कविता (तत्काल लेखिएको कविता) तथा वाचन प्रतियोगितामा एम्बिसन एकेडेमीकी अनुज्ञा नेपाल प्रथम हुनुभएको छ । 

प्रतियोगितामा विनसम बोर्डिङ स्कुलका शीतल बानियाँ द्वितीय, अरुणिमा माविका शिशिर घिमिरे तृतीय तथा मनकामना माविकी नान्दवी लामिछाने र विपुल शिक्षा निकेतनकी हिमा खतिवडाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । 

उक्त अवसरमा आख्यानकार भागीरथी श्रेष्ठले विजयीलाई  पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा ४० विद्यार्थी सहभागी भएको रिम्सका प्रधानाध्यापक बालमुकुन्द कार्कीले जानकारी दिनुभयो ।