पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पत्रकारितामाथि हस्तक्षेप गर्न हुँदैनः सभापति देउवा

डायलसन अधिकारी, बुटवल । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र पत्रकारितामाथि कसैले हस्तक्षेप गर्न नहुने बताउनु भएको छ ।

बुटवलमा रहेको बुद्ध टेलिभिजनको एघारौं वार्षिक उत्सव समारोहमा आज सभापति देउवाले पत्रकारितालाई स्वतन्त्र ढंगले चल्न दिनुपर्ने बताउनु भयो ।

सभापति मुलुकमा शान्ति र स्थिरताका लागि बौद्ध दर्शनको प्रचार प्रसार आवश्यक रहेको उल्लेख गर्नुभयो ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारको आलोचना र विरोधमा समाचार लेखेका भरमा पत्रकारहरुलाई जागिरबाट निकाल्न नहुने बताउनु भयो ।