पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालयलाई पुरस्कृत गरिने 

काठमाडौं । सरकारले ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालयलाई पुरस्कृत गर्ने भएको छ । 

आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन गरी उत्कृष्ट कार्य सम्पादन गर्ने सामुदायिक र संस्थागत विद्यालयका १३ जना  प्रधानाध्यापकहरुलाई सम्मानित गरिने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सार्वजनिक शिक्षा सुधारका लागि पाँच प्राथमिकताका बुँदाहरु प्रस्तुत गर्नुभयो ।

मन्त्री पोखरेलले सार्वजनिक  शिक्षालाई हरित अभियानसँग जोड्दै ज्ञानमा आधारित गुणस्तरीय  शिक्षा दिएर अभिभावकको विश्वास जित्न शैक्षिक संस्थाहरुलाई आग्रह गर्नुभयो ।