पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बी.पी सम्मान साहित्य पुरस्कार घिमिरेलाई प्रदान गरिने

काठमाडौं । २०७५ सालको ‘बी.पी साहित्य सम्मान पुरस्कार’ वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिने भएको छ ।

जन नायक बी.पी कोइराला ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको एक लाख रुपैया राशीको पुरस्कार घिमिरेलाई प्रदान गर्ने निर्णय भएको ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

घिमिरेलाई पुरस्कार आगामी भदौ २२ गते प्रदान गरिने छ ।

यस्तै, ट्रष्टले २०७५ सालको ‘सेनानी सम्मान पुरस्कार’ चक्रप्रसाद बास्तोलालाई प्रदान गर्ने निर्णय गरेको छ । 

५१ हजार रुपियाँ राशीको पुरस्कार प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योग्दान पुर्याएको भन्दै बास्तोलालाई प्रदान गर्ने निर्णय भएको ट्रष्टले जनाएको छ ।