पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो नेपालको मोबाइल एप्सको शुरुवात

काठमाडौं । रेडियो नेपालले आज देखि मोबाइल एप्स मार्फत आफ्नो प्रसारण सुन्न सकिने प्रविधिको सुरुवात गरेको छ । 

स्मार्ट मोशाइल प्रयोगकर्ताहरुले रेडियो नेपालको लोगो अँकित एप्स डाउन लोड गरेर इन्टरनेटको माध्यम बाट रेडियो नेपाल सुन्न सक्ने छन ।

एप्स प्रविधि प्रशारणको औपचारिक आरम्भ गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्रि गोकुल प्रसाद बास्कोटाले नयाँ प्रविधिको प्रयोग मार्फत रेडियो नेपालले सबै नेपाली नागरिकले सुचना पाउने गरी प्रसारणमा जानु सक्नु आजको आवश्यकता रहेको बताउनु भयो ।

सबै भाषा तथा समुदायको स्वर बनेर राष्ट्रको परिचय दिने भूमिकामा रेडियो नेपाललाई थप प्रभाबकारी बनाउन सरकार लागिरहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले नयाँ प्रविधिको प्रयोगका लागि रेडियो नेपाल सधै क्रियाशील रहेको र सबै नागरिकको पहुँचमा पुग्नका लागी प्रयास गरिरेको जानकारी गराउनु भयो ।

प्रादेशिक प्रशारणका लागि सात वटै प्रदेशमा पुुर्वाधार तयार पारेर थप राष्ट्रिय भाषाका समाचार र कार्यक्रमहरु प्रशारण गरिने उहाँले बताउनु भयो ।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक अशोक बास्कोटाले निकट भविष्यमा नै प्राविधिक क्षमताको वास्तविक सर्वेक्षण गरी, सम्पुर्ण जनतामा पहुँच पुर्याउन विशेष योजना कार्यान्वयन गरिने उल्लेख गर्नुभयो ।