पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सत्य र तथ्य समाचारकालागि रेडियो नेपाल :  सूचना तथा सञ्चार प्रविधि मन्त्री बास्कोटा

radionepal

काठमाण्डौ । रेडियो नेपालले आज देखि मोबाइल एप्स मार्फत आफ्ना समाचार तथा कार्यक्रमहरु सुन्न सकिने प्रविधिको सुरुवात गरेको छ । स्मार्ट मोवाइल प्रयोगकर्ताहरुले रेडियो नेपालको लोगो अँकित एप्स डाउन लोड गरेर इन्टरनेटको माध्यम बाट रेडियो नेपाल सुन्न सक्ने छन् ।
एप्स प्रबिधि प्रशारणको  औपचारिक आरम्भ गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले ,नयाँ प्रविधिको प्रयोग मार्फत रेडियो नेपालले सबै नेपाली नागरिकले सूचना पाउने गरी प्रसारणमा जानु सक्नु नै आजको आवश्यकता रहेको बताउनु भयो । मन्त्री बास्कोटाले सवै भाषा तथा समुदायको स्वर बनेर राष्ट्रको परिचय दिने भूमिकामा रेडियो नेपाललाई थप प्रभाबकारी बनाउन सरकार लागि परिरहेको  बताउनु ।

              
          मोवाईल एप्स इन्सटल गर्नहोस् :   https://play.google.com/store/apps/details?id=np.radio.nepal

    कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले नयाँ प्रबिधिको प्रयोगका लागि रेडियो नेपाल सधै क्रियाशील रहेको र सबै नागरिकको पहुँचमा पुग्नका लागि प्रयास गरिरहेको जानकारी गराउनु भयो । कार्यकारी निर्देशक कार्कीले  प्रादेशिक प्रशारणका लागि सात वटै प्रदेशमा पुुर्वाधार तयार पारेर थप राष्ट्रिय भाषाका समाचार र कार्यक्रमहरु प्रशारण गरिने बताउनु भयो ।
         रेडियो नेपालका नायव कार्यकारी निर्देशक अशोक बास्कोटाले निकट भविष्यमा नै प्राविधिक क्षमताको वास्तविक सर्वेक्षण गरी , सम्पूर्ण जनतामा पहुँच पुर्‍याउन  बिशेष योजना कार्यान्वयन गरिने जानकारी दिनु भयो । अनलाईन शाखाका प्रमुख रमेश पौडेलले अनलाईन न्यूज पोट्रल र एप्सले ईजी टु एक्सेसको सम्भावनालाई सहज बनाउने बताउनु भयो । इष्ट लिंक टेक्नोलोजी प्र. लि. ले निर्माण गरेको एप्सका बारेमा इञ्जिनियर रमेश खत्रीले प्रस्तुति दिनु भएको थियो । सो समारोहमा रेडियो नेपाल सञ्चालक समितिका सदस्यद्वय बोमबहादुर कार्की र दीपक पाठकको उपस्थिति रहेको थियो ।  
-बिमल ज्ञवाली / रेडियो नेपाल