पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मन्त्रालयका काम कारवाही अब विद्युतीय प्रणालीमा

काठमाडौं । भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगतका निकायहरुका काम कारवाही अब विद्युतीय सूचना प्रणालीमार्फत् हुने भएको छ । 

भूमिसुधार मन्त्री पद्मा अर्यालले आज पत्रकारहरुसँग कुराकानी गर्दै मालपोत, नापी, र भूमिसुधार लगायतका कार्यालयहरुमा अनलाईन सेवाबाट सेवाग्राहीको काम गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार अब ती कार्यालयहरुमा टोकन प्रणाली लागू गरिने र सम्बन्धित कार्यालयमा बैंकिङ सेवा लागू गरिनेछ । 
सेवाग्राहीले आफूले कार्यालयमा बुझाउनुपर्ने लिखत अबदेखि मन्त्रालयले विकास गरेको फारम भरेर बुझाउन सकिने व्यवस्था मिलाउन लागिएको मन्त्री अर्यालले जानकारी दिनुभयो ।