पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

३८ लाख रुख रोपिनुुपर्ने

काठमाडौँ । काठमाडौँ–तराई–मधेस द्रुतमार्ग निर्माणका लागि कूल १ लाख ५१ हजार ७८५ रुख कटान गर्नुपर्ने भएको छ । 

वन तथा वातावरण मन्त्रालयको वातावरणीय प्रभाव मूल्याङ्कन महाशाखा (इआइए) को प्रतिवेदनअनुसार काटिएका रुखको क्षतिपूर्तिका लागि ३७ लाख ९४ हजार ६ सय ३५ नयाँ रुख रोप्नुपर्ने हुन्छ । 

कटान गरिने रुखको क्षतिपूर्ति भर्न खाली स्थानमा १ रुख बराबर २५ नयाँ विरुवा रोपिनुपर्ने कानूनी प्रावधान रहेको उक्त महाशाखाका उपसचिव ज्वाला श्रेष्ठले बताउनुभयो । 

आयोजनाअन्तर्गत चार लेनको ७६.२ किमी लामो (खोकना–निजगढ) सडक खण्डको निर्माण नेपाली सेनाले गरिरहेको छ । 

द्रुतमार्ग निर्माण गर्दा २८० हेक्टर क्षेत्रफलमा उक्त संख्याका रुख काट्नुपर्ने देखिए पनि हाल सेनाले सडकमा पर्ने अतिआवश्यक रुख मात्र कटान गरेको छ ।