पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश नं ५ मा १५ विधेयक पारित

बुटवल । प्रदेश नं ५ को प्रदेशसभाले हालसम्म १५ विधेयक पारित गरेको छ ।

तीमध्ये आठ विधेयक प्रदेशसभाको पहिलो र सात विधेयक दोस्रो अधिवेशनमा पारित भएको प्रदेश सचिवालयले जनाएको छ । दर्ता भएका १६ विधेयकमध्ये एउटा पारित हुन बाँकी छ । 

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अबका अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा स्थापित गरिने उल्लेख गर्दै कानून निर्माण र योजनाबद्ध विकासमा केन्द्रित हुने बताउनुभयो ।