पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अख्तियारबाट सिक्टाको अनुसन्धान गर्न समूह गठन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिंचाइ आयोजना निर्माणमा भएका काम कारबाहीको अनुसन्धानलाई तीब्रता दिन पाँच सदस्यीय अनुसन्धान समूह गठन गरेको छ ।

आयोजना निर्माणमा भएका काम कारवाहीका सम्बन्धमा यसअघि भइरहेका अनुसन्धानका कार्यलाई समेत एकीकृत गरी विस्तृत अनुसन्धानको कार्यलाई तीब्रता दिन आयोगका प्राविधिक सहसचिवको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समूह गठन गरिएको आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

आयोगबाट गठन गरिएको अनुसन्धान समूहले स्थलगत अध्ययन समेत गर्ने गरी विस्तृत अनुसन्धानको कार्य अगाडि बढाइसकेको आयोगले जनाएको छ ।

सिक्टा सिंचाइ आयोजनाको मूल नहर पटक पटक भत्किएबाट नहरको गुणस्तर माथि नै प्रश्न उठेको भन्ने सम्बन्धमा समेत आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।