पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काँग्रेसले काम गर्न दिएनः मन्त्री अर्याल

माधव पराजुली, पर्वत । प्रतिपक्षी दल नेपाली काँग्रेसका अवरोधका कारण सरकारले सोचेजस्तो काम गर्न नपाएको भूमि व्यव्स्थापन, सहकारी एवम् गरीबी निवारणमन्त्री पद्मा अर्यालले बताउनुभएको छ ।

आज पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नेपाली काँग्रेसले ससंद अवरुद्ध गर्ने, अदालतमा रिट हाल्ने गरेर सरकारको काममा वाधा पूर्याइरहे पनि काम सन्तोषजनक भइरहेको उहाँले दाबी गर्नुभयो ।

सरकार बनेको ४ महिना मात्रै भएकोले अहिले नै यो सरकारको मूल्यांकन गर्ने बेला भएको छैन भन्दै उहाँले सरकार जनतालाई परिवर्तनको महसुस हुने गरी अघि बढ्ने बताउनु भयो ।