पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

योजना स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्छः मन्त्री खनाल

काठमाडौँ । कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणी खनालले मन्त्रालयका योजना र आयोजना स्थानीय तहलाई हस्तान्तरण गर्दै लैजानुपर्ने बताउनु भएको छ । 

रिपोटर्स क्लबले आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले सिंहदरबारको अधिकार बाँडफाँड र प्रत्यायोजन नै संघीयता भएको भन्दै जबसम्म सिंहदरबारको अधिकार स्थानीय तहसम्म पुग्दैन तबसम्म जनताले लोकतन्त्र प्राप्तिको आभास पाउँदैनन् भन्नुभयो । 

मन्त्री खनालले कृषि तथा पशुपछी विकास मन्त्रालयबाट सञ्चालनमा रहेका झण्डै ९० प्रतिशत परियोजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण भइसकेको र बाँकी १० प्रतिशत ठूला आयोजना निकट भविष्यमा हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो ।