पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अमानवीय क्रियाकलापमा संलग्नलाई उन्मुक्ति मिल्दैनः गृहमन्त्री     

चितवन । गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने अमानवीय क्रियाकलापमा संलग्न हुनेहरुलाई उन्मुक्ति नदिन प्रहरीलाई निर्देशन दिनुभएको छ ।

भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालीमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले राज्य पुनःसंरचनाको कार्य संक्रमणमा नै रहेको अवस्थामा  विखण्डनकारी र  राज्यप्रणालीप्रति असन्तुष्टहरुले सामाजिक सद्भावमा खलल पुर्याउन सक्ने त्यसमा सतर्क रहन प्रहरीलाई निर्देशन दिनुभयो । 

आगामी भदौ १ गतेदेखि लागू हुने नयाँ कानूनी व्यवस्थालाई ध्यानमा राखी कानूनी रुपान्तरणको अवस्थामा यसको प्रभावकारी कार्यान्वयन गर्न प्रहरी लाग्नुपर्ने उहाँले बताउनुभयो । 

उहाँले “प्रहरी सधैँ नागरिकमैत्री र नागरिकको सहज पहुँचमा हुनुपर्छ” भन्नुभयो ।