पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चालू वर्षमै आर्थिक अवस्थामा सुधारः प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताउनुभएको छ ।

प्रदेश नम्बर ५ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेकपाको प्रतिनिधित्व गर्ने सांसदहरुसँग सिंहदबारस्थित आफ्नै कार्यालयमा भेटघाट गर्दै उहाँले अघिल्लो सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पुर्याएकाले देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउने बताउनुभयो ।

उक्त अवसरमा नन्दलाल रोकाया, खिमलाल भट्टराई, पूर्णा सुवेदी, हिराचन्द्र के.सी., सोमप्रसाद पाण्डे, तुलसा थापा लगायतका सांसदहरुले सरकार र मन्त्रीहरुका काम कारवाहीका साथै यो आर्थिक वर्षको बजेटका सम्बन्धमा आआफ्नो धारणा राख्नु भएको थियो । 

कार्यक्रममा सांसदहरुले प्रदेश नम्बर ५ का वाढी, डुवान, जंगली जनावारका आक्रमण, सिंचाइ र बाटोघाटो आदि विषयमा सरकारको ध्यानाकार्षण गराउनु भयो । प्रत्युत्तरमा प्रधानमन्त्रीले सांसदहरुका सबै चासोहरुको सुनुवाई हुँदै जाने बताउनु भयो ।