पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निगमको टोलीद्वारा स्थलगत अनुगमन

काठमाडौं । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन निर्माणका क्रममा सडक आसपासका संरचना बाधक बनेपछि उत्पन्न अवरोध हटाउन नेपाल आयल निगमको केन्द्रिय टोलीले शुक्रवार स्थलगत अनुगमन गरेको छ । 

पाइपलाइन निर्माण गर्ने रुटमा व्यावसायिक तथा आवासीय भवन, धार्मिक सम्पदा, वनजंगल र भौगोलिक वनावट अवरोधका रूपमा देखा परेको र त्यसलाई हटाउन आवश्यक गृह कार्य शुरु गरिएको आयल निगमले जनाएको छ । 

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले समस्या समाधान गर्न उर्जा मन्त्रालयमा छलफल भईरहेको र निगमको केन्द्रीय टोलीलाई स्थलगत अनुगमनका लागि वीरगञ्जमा खटिएको जानकारी दिनुभयो । 

नेपाल भारत सिमा क्षेत्रदेखि रजतजयन्ती चोकसम्म, गण्डक चोकदेखि परवानीपुरसम्म, जितपुर देखि सिमरा हुदै अमलेखगञ्ज सम्म विभिन्न क्षेत्रमा उत्पन्न अवरोध हटाउन सम्बन्धित पक्षसँग आवश्यक परामर्श भईरहेको आयल निगमले जनाएको छ ।