पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

श्रमिकलाई ट्रेड युनियनमा आबद्ध गर्नुपर्नेमा जोड

काठमाडौं । मनोरञ्जन क्षेत्रमा कार्यरत करीब पाँच लाख श्रमिकलाई औैपचारिक रुपमा ट्रेड युनियनमा आबद्ध गर्नुपर्नेमा जोड दिइएको छ । 

मनोरञ्जन व्यवसाय, निर्माण कम्पनीमा संलग्न विभिन्न व्यवसाय, कृषि लगायत क्षेत्रलाई अनौपचारिक रुपमा लिइने गरिएको छ । विश्वास नेपाल नामक सामाजिक संस्थाले शुक्रवार काठमाण्डौमा आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले त्यस क्षेत्रलाई व्यवस्थित गर्न तथा श्रमिकको व्यावसायिक प्रत्याभूति, सीप, दक्षता अभिवृद्धिका लागि युनियनमा समावेश गरिनुपर्ने सुझाव दिनुभएको हो । 

नेपाल टे«ड युनियन काँग्रेसका नेता धु्रवचन्द्र गौतम, अधिकारकर्मी विनोद कार्की लगायतले ट्रेड युनियन आन्दोलनको दुई दशक लामो सङ्घर्षपछि सामाजिक सुरक्षासम्बन्धी श्रम ऐन प्राप्त भएको भन्दै त्यसले श्रमिकको सामाजिक सुरक्षा र व्यावसायिकतालाई संरक्षण गर्ने बताउनुभयो ।