पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिपिएलमा लामिछानेको शानदार डेब्यु

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा नेपालका युवा बलर सन्दीप लामिछानेले शानदार डेब्यू गरेका छन् ।

शुक्रबार सन्दीपले सेन्ट किट्स नेभिट् प्याट्रिओट्बाट खेल्दै सिपिएलमा डेब्यू गरेका हुन् । यद्यपि, सन्दीपको डेब्यू खेलमा सेन्ट किट्सलाई गुयना अमाजोन वारियर्सले ६ विकेटले पराजित गरेको छ । 

पहिले ब्याटिङ गरेको सेन्ट किट्सले ५ विकेटको क्षतिमा १ सय ४६ रन जोडेको थियो । उसका लागि कप्तान क्रिस गेलले ८६ रन जोडे । ५ विकेट मात्र गएपछि सन्दीपले ब्याटिङ गर्न भने पाएनन् । 

१ सय ४७ रनको लक्ष्य पछ्याएको गुयानविरुद्ध सन्दीपले ४ ओभर बलिङ गरे । जसमा उनले २ विकेट लिन सफल भए । 

सन्दीपले राम्रो बलिङ गरेपनि गुयानले २१ बल बाँकी छदा लक्ष्य पार गर्दै सेन्ट किट्सलाई ६ विकेटले हराउन सफल भयो ।