पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

यु–१९ खेलाडी छनोट गर्न ‘ओपन ट्रायल’ हुने

काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट टिममा खेलाडी छनोट गर्न ‘ओपन ट्रायल’ हुने भएको छ । यू–१९ टिमका प्रशिक्षक विनोदकुमार दासले सात प्रदेश र ‘ओपन ट्रायल’ बाट खेलाडी छनोट हुने जानकारी दिनु भएको छ । 

७ प्रदेश र ‘ओपन ट्रायल’ साउन २८, २९ र ३० गते सञ्चालन हुनेछ । ७ प्रदेशबाट ३–३ जना गरी २१ खेलाडी छनोट हुनेछन् । यस्तै यू–१६ राष्ट्रिय टिमका १४ खेलाडी भने यू–१९ टिममा स्वतः पर्नेछन् । 

यस्तै काठमाडौंमा हुने ‘ओपन ट्रायल’ बाट ९ खेलाडी छनोट हुनेछन् । यसरी छनोट भएका ४४ खेलाडी पहिलो चरणको छनोटमा छानिनेछन् । ४४ मध्ये १२ खेलाडी मात्र प्रारम्भिक टिममा पर्नेछन् । किनकी यू–१९ टिमका ७ खेलाडीले प्रारम्भिक टिममा स्वतः स्थान पाएका छन् । 

आगामी भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्नका लागि खेलाडी छनोट गर्न लागिएको हो । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९ टोलीलाई भारत बोलाएको हो । 

आगामी भदौ २४ देखि असोज ४ गतेसम्म हुने प्रतियोतिामा भारतकै यू १९ र नेशनल क्रिकेट एकेडेमी (एनसिए) को टोली पनि सहभागी हुनेछ । खेल तालिकाअनुसार भदौ २७ गते जादभपुर युनिभर्सिटीमा एनसिएविरुद्ध नेपालले खेल्नेछ । 

त्यसैगरी भदौ २९ गते इडेन गार्डेन्समा भारतविरुद्ध नेपाल र सोही दिन जादभपुर युनिभर्सिटीमा अफगानिस्तानविरुद्ध नेपालले प्रतिस्पर्धा गर्नेछन् । असोज २ गते इडेन गार्डेन्समा शीर्ष स्थानका दुई टोलीबीच फाइनल खेल हुनेछ ।