पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपचार अभावमा बिरामीको मृत्यु

जाजरकोट । रुकुमको चौरजहारीमा अस्पताल बन्द हुँदा उपचारको अभावमा  एक बिरामीको मृत्यु भएको छ । 

जाजरकोट भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर विकको उपचार नपाउँदा ज्यान गुमाउनुपरेको हो । 

गत आइतबार जाजरकोट कुदुकी एक महिलाको रुकुमको विजेश्वरीस्थित चौरजहारी अस्पतालमा उपचारका क्रममा अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै पीडित पक्षले क्षतिपूर्ति र राहतको माग गर्दै शब बुझ्न नमानेपछि  अस्पतालको उपचार सेवासमेत प्रभावित भएको छ ।