पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राजधानी र सीमांकन सिफारिश गर्न समिति गठन 

बुटवल । प्रदेश नम्वर ५ को प्रदेश सभाको आज बसेको बैठकले प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सिफारिस गर्न १५ सदस्यीय बिशेष समिति गठन गरेको छ ।

विशेष समितिलाई ३ महिना भित्र प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि शिफारिस गर्ने जिम्मेवारी दिइएको छ ।

प्रदेशसभाको दोस्रो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुदैछ ।