पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सामुदायिक वन दिवस शुरु

काठमाडौं । वन तथा भू–संरक्षण विभागले विभिन्न कार्यक्रमका गर्दै आजबाट ३ दिने सामुदायिक वन दिवस मनाइरहेको छ ।

‘सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान’ नारा तय गरेको विभागले आज सामुदायिक वन उपभोक्ता महासंघलगायत विभिन्न सरोकारवाला निकायसँग अन्तरक्रिया, पत्रकार सम्मेलन र प्रचार–प्रसारका कार्यक्रम गरेको छ । 

यसैगरी विभागको मूल समारोह समितिले भोली सामुदायिक वनका अभियान्ता र विभिन्न ५ विधामा पुरस्कार वितरण र सम्मान गर्ने कार्यक्रम राखेको छ । 

विश्वमै प्रभावकारी मानिन सामुदायद्वारा व्यवस्थापन गरिदै आएको सामुदायिक वन नेपालमा हाल २२ हजार २ सय ६६ वटाको संख्यामा रहेका छन् ।