पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वीरगञ्जबाट १ खर्ब ६४ अर्ब राजश्व संकलन 

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४–०७५ मा १ खर्ब ६४ अर्ब २३ लाख राजस्व असुली गरेको छ । अघिल्लो वर्ष वीरगञ्जबाट १ खर्ब ३३ अर्ब राजस्व असुली भएको थियो । 

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७४–७५ मा झण्डै ३१ अर्ब बढी राजस्व असुली भएको कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगञ्जका प्रमुख बालकृष्ण अधिकारीले बताउनु भयो । 

आर्थिक बर्ष २०७४–०७५ मा सबै भन्दा बढी राजस्व वीरगञ्ज भन्सार कार्यालयले उठाएको छ । 

वीरगञ्ज भन्सार कार्यालयले १ खर्ब ३१ अर्ब राजस्व असुली गरेको छ भने सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट २७ अर्ब ३३ करोड राजस्व असुली भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख अधिकारीले बताउनु भयो ।