पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

समन्वयपछि भारतद्वारा सडक निर्माण स्थगन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा स्तम्भ नं ३ को विवादित क्षेत्रमा भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ ।

लामो समयदेखि ब्रह्मदेवको सीमा स्तम्भ नं ३ हराएको क्षेत्रमा भारतले सडक विस्तार गर्न खोजेपछि केही दिनयता विवाद बढेको थियो । 

स्थानीय प्रशासनले भारतको उत्तराखण्डका डिएम (प्रमुख जिल्ला अधिकारी) स्तरमा विवादित क्षेत्रमा तत्काल काम रोक्न आग्रह गरेपछि सो क्षेत्रमा सडक बनाउन रोकेको हो ।