पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अन्तराष्ट्रिय साक्षरता दिवस भव्य रुपमा मनाईने

काठमाडौं । सरकारले ३९ औं शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस भव्य रुपमा मनाउने भएको छ । 

३९ औं शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस मूल समारोह समितिको आज शिक्षा मन्त्रालयमा बसेको बैठकले दिवस मनाउन विभिन्न उपसमितिहरु गठन गर्ने, प्रदेश तथा स्थानीयतहमा नै दिवस मनाउन  प्रदेश तथा स्थानीय सरकारलाई निर्देशन दिने, उत्कृष्ट विद्यालय तथा शिक्षामा उल्लेख्य योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरेको छ ।
 
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले बदलिदो अवस्थामा सीप र रोजगारीमा आधारित शिक्षा प्रणालीको विकास गर्नु अहिलेको आवश्यकता भएकाले सरकारले यसतर्फ कार्य अघि बढाईसकेको बताउनुभयो ।

शिक्षामन्त्री पोखरेलले सरकारले यस वर्षलाई शिक्षा सम्बन्धि आवश्यक ऐन, नीति तथा संरचना निर्माण गर्ने वर्षका रुपमा लिईएको र यस अवधिमा मुलकुमा शिक्षाक्षेत्रको सुधारका कार्य अघि बढाईने बताउनुभयो ।