पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ब्याटिङ प्रशिक्षकमा देशाई नियुक्त

काठमाडौं । एसीसी एसिया कप छनोटका लागि नेपालको ब्याटिङ प्रशिक्षकमा भारतका अपूर्व सुबोध देशाई नियुक्त हुनुभएको छ । 

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो ।

देसाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डबाट मान्यता प्राप्त लेभल सी प्रशिक्षकमा हुनुहुन्छ । गुजरातका देसाई ब्याटिङ प्रशिक्षणमा दख्खल राख्ने प्रशिक्षकका रुपमा परिचत हुनुहुन्छ । आइपीएल टिमका लागि खेलाडी छनोट गरेको अनुभव पनि देसाईसँग छ । 

देसाइले आगामी २९ साउनदेखि नेपाली टिमलाई ब्याटिङ सिकाउनु हुनेछ । स्वदेशमा एक साता अभ्यास गरेपछि १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गर्न प्रशिक्षक जगट टमाटालाई सहयोग गर्नुु हुनेछ ।