पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेकपा सचिवालयमा अन्तराष्ट्रिय सम्बन्धबारे जानकारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आजको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अन्तराष्ट्रिय सम्बन्ध र समसामयिक स्थितिबारे अवगत गराउनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अन्तराष्ट्रिय सम्बन्ध विस्तारका लागि गरिरहेको पहल र भूकम्पपछिको पुनःनिर्माण लगायत विकासका काममा थप सहकार्यका विषयमा अवगत गराउनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

बैठकमा पार्टीको प्रदेश, जिल्ला र जनसंगठन स्तरका एकताका लागि भइरहेको तयारीबारे पनि छलफल भएको थियो ।