पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाली गोलभेँडाको निकासी खुल्यो

सविता पाण्डे, इलााम । एक महिनाभन्दा लामो समयदेखि भारत निकासी हुन नसकेको नेपाली गोलभेँडाको निकासी खुलेको छ । निर्यात सामग्रीको सूचीमा नपरेको भन्दै भारतले नेपाली गोलभेँडा निकासीमा रोक लगाएको थियो । 

अचानक गोलभेँडा निकासी रोकिएपछि इलाम सहित पूर्वी पहाडका कृषकले फलाएको गोलभेँडा बारीमै कुहिएको थियो । इलामका कृषकले गोलभेँडा तत्काल निकासीको माग गरेका थिए । 

कृषकको समस्यालाई मध्यनजर गर्दै संघीय सरकारको वाणिज्य मन्त्रालय र प्रदेश सरकारले पहल गरी गालभेँडा निकासीको वातावरण मिलाएको प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले बताउनुभयो । 

आङ्बोले गोलभेँडा लगायत अन्य कृषिजन्य उपजको निकासीमा देखिएको समस्याको दीर्घकालीन समाधान र आन्तरिक खपत बढाउनका लागि पनि आवश्यक प्रक्रिया बढाएको जानकारी समेत दिनुभयो । 

गोलभेँडाको निकासी खुलेसँगै कृषकले राहत महसुस गरेको इलाम सूर्योदय नगरपालिका स्थित पञ्चकन्याका मदन राईले बताउनुभयो । अब गोलभेँडाले उचित मूल्य पाउनेमा आफूहरू आशावादी रहेको कृषकहरु बताउँछन् ।