पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एक्सरे सेवा मापदण्डविपरीत 

बुटवल । रुपन्देही जिल्लाको बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । 

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बुटवलमा गरेको अनुगमनका क्रममा विभिन्न अस्पताल, निजी क्लिनिक, पोलिक्लिनिक लगायतमा एक्सरे सेवा उपलब्ध गराउँदै आएको जनशक्तिले अनुभवका आधारमा मात्र काम गरिरहेको जनाएको छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का निरीक्षणविज्ञ एवं नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले परिषद्मा दर्ता नभइ एक्सरे सेवा सञ्चालन गर्न नपाउने बताउनुभयो । 

उहाँले बुटवलको एक्सरे सेवा गुणस्तरीय नभएको बताउनुभयो । बिरामीको स्वास्थ्यमा खेलवाड गरिएको उल्लेख गर्दै उहाँले बुटवलमा रेडियोग्राफरको संख्या पनि न्यून रहेको बताउनुभयो ।