पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

केही दिनमा नयाँ प्रधानन्यायधीशको सिफारिशः अध्यक्ष प्रचण्ड

ध्रुव अधिकारी, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिन भित्रैमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिश हुने बताउनु भएको छ ।

बाराको सिमरा विमानस्थलमा अध्यक्ष प्रचण्डले रिक्त रहेका अन्य संवैधानिक पदहरुमा पदपूर्ति गर्ने र संवैधानिक आयोगहरु गठन बारेमा समेत छलफल भइरहेको बताउनु भयो । 

आजै वीरगञ्जमा आयोजित जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेलाको उदघाटन समारोहमा अध्यक्ष प्रचण्डले मुलुकको समृद्धि, स्थायित्व र सुशासनका लागि जिम्मेवार भएर अगाडी बढनुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले दुई तिहाईको स्थिर सरकार बनेको कारण जन अपेक्षाहरु समेत बढेको बताउनु भयो । 

उहाँले ठूलो बलिदानबाट भएको यो परिवर्तनलाई संस्थागत हुन नदिन एक थरी लागिपरेको बताउँदै राष्ट्रिय एकता, समृद्धि र विकास भएमा धमिलो पानीमा माछा मार्नेहरु आफै समाप्त हुने बताउनु भयो । 

अध्यक्ष प्रचण्डले उद्योग व्यवसायको वातावरण बनाउने, उत्पादन वृद्धि गर्ने र रोजगारी सृष्टि गर्ने अभियानमा राज्यले जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मुलुकमा सुशासन र समृद्धिका लागि बेथिती हटाउने अभियानमा सरकार जुटेको बताउनुभयो ।

उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगी व्यवसायीहरुले बन्द हडताल र आन्दोलन नचाहेको र मुलुकको समृद्धि र विकासका लागि सरकारसँग हातेमालो गर्दै अगाडी बढन खोजेको बताउनु भयो ।