पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संविधान संशोधनको विकल्प छैनः उपप्रम यादव

भक्तपुर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताउनुभएको छ । 

संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलामा फोरमका अध्यक्ष समेत रहनुभएका मन्त्री यादवले सबैको समान अधिकार पाउने अवस्था सिर्जना गर्न संविधान संशोधन अनिवार्य भएको बताउनुभयो । 

स्वास्थ्यमन्त्री यादवले सबै नेपालीलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउन गाउँगाउँमा यस वर्ष १ हजार २ सय वटा केन्द्र स्थापना गरिने र स्वास्थ्य क्षेत्रमा महिलाको अधिकार स्थापित गर्न विधेयक ल्याइने जानकारी दिनुभयो ।