पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निकुञ्ज तथा संरक्षित क्षेत्रमा ७ लाख पर्यटकद्वारा भ्रमण

काठमाडौं । देशका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा गत आर्थिक वर्षमा करीब ७ लाख पर्यटकले भ्रमण गरेका छन् ।

भ्रमण गर्नेमध्ये सार्कका ६९ हजार ९३५ सहित विदेशी ३ लाख २६ हजार रहेका छन् भने स्वदेशी ३ लाख ३ हजार पर्यटकले भ्रमण गरेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । 

संरक्षित क्षेत्रमा पर्यटकको भ्रमणबाट त्यस अवधिमा ६४ करोड ६५ लाख राजश्व आम्दानी भएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिनुभयो ।

नेपाल आउने विदेशी पर्यटक मध्ये ६० प्रतिशतले ती क्षेत्रको भ्रमण गर्ने गरेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलले बताउनुुभयो ।

नेपालमा करीब ६ हजार खोला र नदीनाला, ६६० तालतलैया र २४२ ठूला तथा मझौला सीमसार क्षेत्र रहेका छन् । 

२४२ सीमसार क्षेत्रमध्ये १० सीमसार सूचीमा सूचीकृत रहेका छन् ।