पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

यु–१९ एक दिवसीय सिरिजका लागि बीसीसीआईको निम्ता

काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपाली टिमलाई बोलाइएको छ ।

कोलकातामा हुने तय भएको प्रतियोगितामा भारत र अफगानिस्तानको यू–१९ टोलीसँगै भारतकै नेशनल क्रिकेट एकेडेमी (एनसीए) को टोली पनि छ । प्रतियोगिता सेप्टेम्बर ९ देखि २० सम्म हुने बताइएको छ । 

प्रतियोगितामा सहभागिता जनाउन बीसीसीआईले आग्रह गरेको नेपालका यू–१९ टोलीका प्रशिक्षक विनोद दासले बताउनु भयो । 

यू–१९ का केही सदस्य राष्ट्रिय टोलीमा पनि छन् र हालै मात्र नेदरल्याण्ड्स टुरबाट फर्किएका छन् ।

नेपालले प्रतियोगितामा सहभागी हुनेबारे छलफल गरिरहेको भए पनि प्रतियोगिताको सबै तालिका तय भइसकेको छ । 

चार टोलीले एक अर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्ने छन् । तेस्रो र चौथो स्थानमा रहने टिमले तेस्रो स्थानका लागि खेल्ने छन् ।