पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चार नेपाली खेलाडी आईसीसीको बरियतामा

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले नेपालका चार खेलाडीलाई बरियतामा राखेको छ ।

आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा ट्वान्टी–ट्वान्टी क्रिकेटतर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष १०० भित्र अटाएका हुन् ।

ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावाकर तथा बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र अटाएका हुन् । कप्तान खड्काले १२ अन्तराष्ट्रिय खेलमा २३६ रन बनाएका थिए भने भेषावकरले ११ खेलबाट १९९ रन बनाएका थिए ।

ट्वान्टी–ट्वान्टी ब्याट्सम्यानको बरियतामा नेपालका कप्तान खड्का २६५ अंकसहित ९० औं स्थानमा छन् भने २३८ अंकसहित शरद ९८ औं स्थानमा रहेका छन् । 

यसको शीर्ष स्थानमा अष्ट्रेलियाका आरोन फिन्च तथा दोस्रोमा पाकिस्तानका फकर जमान र तेस्रो स्थानमा भारतीय खेलाडी लोकेश राहुल छन् । 

यस्तै ट्वान्टी–ट्वान्टी बलरको बरियतामा ३९७ अंकसहित बसन्त ७१ औं तथा ३३८ अंकसहित सोमपाल ९२ औं स्थानमा रहेका छन् । रेग्मीले १२ खेलबाट १६ विकेट लिएका छन् भने कामीले १२ खेलबाट १३ विकेट लिएका छन् । 

ट्वान्टी ट्वान्टी बलरको शीर्ष स्थानमा अफगानिस्तानका रासिद खान छन् भने दोस्रो स्थानमा पाकिस्तानका सहादाब खान छन् ।