पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लिभिङ टुगेदर बिमोचन

radionepal

काठमाडौँ-  उपन्यासकार गोविन्द गिरी प्रेरणाको छैठौँ उपन्यासकृति लिभिङ टुगेदर नेपाल कम्युनिष्ट पार्टीकी सचेतक शान्ता चौधरी, हाँस्य कलाकार दीपाश्री निरौला, कवि मोमिला, लेखक गोविन्द गिरी र उनकी धर्मपत्नी अञ्जु गिरीले संयुक्तरुपमा राजधानीमा एक कार्यक्रमबिच विमोचन गरिएको छ ।

उपन्यासको बिमोचनपछि सांसद चौधरीले आफुले सभासद हुदा आफ्नो नाम हस्ताक्षर गर्न समेत पाँच मिनेट लाग्ने गरेको स्मरण गर्दै पछि कृतिकार समेत हुन सकेको बताइन् । गिरीको लिभिङ टुगेदर उपन्यास आधुनिक सहरको वास्तबिक कथा भएको बताइन् ।

लेखकले अमेरिकामा बसेर पनि नेपाली साहित्य लेखेर नेपालमै विमोचन गर्नुको विशेष महत्व रहेकने संससद चौधरीको भनाइ थियो । कलाकार दीपाश्री निरौलाले आफुले अमेरिका जादा लेखकसँग भेटेको सम्झना गर्दै यो उपन्यास कतै छक्का पञ्जा चलचित्रको नयाँ सिक्वेल पो बन्ने हो कि समेत बताइन् ।

नेपाली साहित्य डटकमकी अध्यक्ष तथा कवी मोमिलाले कवितात्मक शैलीमा बोल्दै नपढेको उपन्यासको चर्चा गर्न नसकिए पनि पुस्तकमा राखिएको उपन्यासको अंशले लेखन छनक दिएको बताउदै उक्त अंश पढेर सुनाइन् । लेखक गिरीले आफु नेपाल वा बाहिर जहाँ रहे पनि लेखनमा निरन्तर लागिरहने बताउदै यो उपन्यास सन् २०१६ मा एक सय पाँच दिनमा लेखेको बताए । बिएन पुस्तक संसारले बजारमा ल्याएको २२० पृष्ठको उक्त उपन्यास कृतिको मूल्य ३२५ रहेको छ ।