पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुनुवाई समितिको निर्णय अस्वीकार गर्ने काँग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ससदीय सुनुवाई समितिबाट भएको निर्णय गलत भएको भन्दै निर्णय अस्वीकार गर्ने जनाएको छ ।

प्रतिनिधिसभाको आजको वैठकमा नेपाली काग्रेसका सासद ज्ञानेन्द्रबहादुर कार्कीले विना आधार रहस्यमय ढंगबाट प्रस्तावित प्रधानन्यायाधीशलाई अयोग्य घोषणा गर्ने निर्णय भएको आरोप लगाउनुभयो । 

सासद कार्कीले विना प्रमाण आग्रह र पूर्वाग्रहका आधारमा गरिएको निर्णय गलत भएकोले नेपाली काँग्रेसले त्यसलाई अवैध घोषणा गर्ने र निर्णय नमान्ने बताउनुभयो ।

नेपाली काँग्रेसका साँसदहरुको भनाईको प्रतिवाद गर्दै सत्तापक्षका सासद विरोध खतिवडाले लोकतान्त्रिक विधिमा दुई तिहाईलाई एक तिहाईले नियन्त्रण गर्न मिल्छ कि मिल्दैन ? भनी प्रश्न गर्दै यदि नियन्त्रण गर्न खोज्ने हो भने हामी त्यसलाई प्रतिवाद गर्न तयार छौ भन्नुभयो । 

नेकपाका सांसद हृदयेश त्रिपाठीले संसदीय सुनृुवाई समितिको निर्णयलाई चूनौती दिने अधिकार र छुट कसैलाई पनि नभएको भनी आपत्ति जनाउनुभयो । 

नेपाली काङग्रेस संसदीय दलका सचेतक पुष्पा भूषालले लोकतन्त्रको रक्षक न्यायपालिकामा हस्तक्षेप भएको विषयमा छलफलमा ल्याइदा कसरी नियम पालन सम्वन्धी प्रश्न उठ्यो भनी प्रश्न गर्नुभयो । 

नेकपाका सांसद पूर्णाकुमारी सुवेदीले सुनुवाई समितिबाट भएको निर्णय प्रति प्रश्न उठाउनुको औचित्य रहन्न भन्नुभयो ।