पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्राविधिकहरुको अन्तराष्ट्रिय सम्मेलन काठमाडौँमा हुने

काठमाडौं । आगामी असोज १८ र १९ गते ‘इन्नोभेशन इन टिभिइटी फर सोसियो–इकोनोमिक डेभलपमेन्ट’ विषयक दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । 

डिप्लोमा इञ्जिनियर्स एशोसिएशन नेपाल (डिन), कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) मनिला र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को आयोजनामा काठमाडौंमा हुने सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका २० मुलुकका ५० जना विज्ञ तथा अन्य सहभागी गरी करीब ५०० जनाको सहभागिता रहनेछ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सार्क डिप्लोमा इञ्जिनियर्स फोरम (एसडिइएफ)को सहकार्य रहने सम्मेलनमा विभिन्न मुलुकका सहभागीले अनुभव आदानप्रदानसहित २५ वटा कार्यपत्र प्रस्तुत गरिनेछ । 

डिनका अध्यक्ष तथा सम्मेलन आयोजक समितिका अध्यक्ष कामेश्वरप्रसाद सिंहले सम्मेलनले प्राविधिक व्यावसायिक शिक्षाका क्षेत्रमा भइरहेको कार्यबारे छलफल गर्नाका साथै इञ्जिनियरिङ क्षेत्रका उत्कृष्ट उपलब्धिको अवलम्बन र सफल मोडलहरुको आदानप्रदान गर्ने बताउनुभयो । 

उहाँले यसले राष्ट्रिय, क्षेत्रीय मात्र नभई अन्तराष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्दै गुणस्तरीय विकासका लागि सम्बन्ध विस्तार बताउनुभयो ।