पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सेमेस्टर प्रणालीले परीक्षाको नतिजामा सुधार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठनमा पूर्णतः सेमेस्टर प्रणाली लागू भएको छ । 

सेमेस्टर प्रणालीको शुरुवातसँगै परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत सुधार आएको र वार्षिक प्रणालीमा औषत ३५ देखि ४० प्रतिशत उत्तीर्ण हुने गरेकोमा सेमेस्टर प्रणाली अन्तर्गत औषतमा ६० प्रतिशतमाथि नतिजा आउन थालेको विश्वविद्यालयले जनाएको छ । 

स्नातकोत्तर तहको सेमेस्टर प्रणाली आर्थिक वर्ष २०७०–७१ बाट कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसबाट शुरु भएको हो । 

शैक्षिक सत्र २०७४ देखि उपत्यकाभित्र पूर्ण रुपमा र शैक्षिक सत्र २०७५ देखि देशभर स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएको हो ।