पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काँग्रेस बैठकमा संसद्को बैठकबारे छलफल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको  बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा छलफल गरेको छ ।

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा मन्त्रीलाई प्रश्न सोध्न समय नपाएका सम्बन्धमा छलफल भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताउनुभयो । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा काँग्रेसले गृहमन्त्री रामबहादुर थापाले बोलेका विषयमा प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि माग गर्दा पनि समय नपाएको भन्दै बैठक बहिष्कार गरेको थियो ।