पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वार्ता स्थगन गर्न अध्यक्ष थापाको निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समान विचारधारा भएका पार्टीहरुबीच एकताका लागि छलफल गर्न गठित वार्ता समितिलाई राप्रपा प्रजातान्त्रिकसँग वार्ता स्थगन गर्न निर्देशन दिनुभएको छ । 

अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था बारे प्रष्ट र आधिकारिक धारणा र प्रतिबद्धता नआएसम्म वार्ता नगर्न निर्देशन दिनुभएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्धरा आज जारी विज्ञप्तिमा जनाइएको छ ।