पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एशिया प्रशान्त क्षेत्रको सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ । विश्वकला परिषद् एशिया प्रशान्त क्षेत्रको ३७ औँ सम्मेलन आगामी भदौ १५ देखि १७ गतेसम्म काठमाडौँमा हुने भएको छ । 

नेपाल हस्तकला महासंघको आयोजनामा हुने सम्मेलनले नेपाली हस्तकलालाई विश्वमाझ चिनाउन सहयोग पुग्ने महासंघका महानिर्देशक डा गोविन्दप्रसाद रेग्मीले बताउनुभयो । 

विश्व कला परिषद्मा १२९ देशको सहभागिता भए पनि एशिया प्रशान्त क्षेत्रको सम्मेलन भएका कारण ५० भन्दा बढी मुलुकको सहभागी रहने महासंघले जनाएको छ । विश्व कला परिषद्मा नेपाल सन् १९९० देखि सदस्य राष्ट्रका रुपमा रहँदै आएको छ ।