पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पौडी खीर र कविता 

radionepal

काठामाडौ-  १५ खीर खाने दिन । परम्परागत रुपमा मनाइदै आएको खीर खाने साउनको १५ साहित्यकारहरुले भने अलग्गै किसिमले मनाएका छन् ।

सँधै कविता लेख्ने सुनाउने साहित्यारको एक टोली यस पालीको साउन १५ का दिन टोखा फन केवमा स्वीमींगको फन गरिरहेका थिए । वरिष्ठ देखि भर्खरका स्रष्टाहरु स्वीमिंग पुलभित्र रमाइरहेका थिए भने केही साहित्यकारहरु पौडीको मज्जा लिइरहेका थिए ।

पानीखेल्न फोटो खिच्नको आन्नद लिइरहेका साहित्यकारहरु झण्ड्रै तीन घण्टापछि भने कविता वाचन गरेर हौसिए   साहित्यकार लखेलकुद समाज नेपाल, संसाक मासिक र खोज अनलाईनद्धारा संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा ४ दर्जन बढी सर्जकहरुले रचना वाचन गरे ।

वरिपरि खेतक गराहरुमा हरियाली धान हेर्दै कतिले त असारभाका गाएँ भने छन्दोवद्ध कविताले सबैको ध्यान तानिरहेको थियो । असारको १५ खाने दही र चिउरा साउन १५ खाने खीर कवि एवं पत्रकार यशोदा अधिकारीले कवि गोष्ठीको अन्त्यतिर असारे भाका खाएपछि प्राय सबै स्रष्टाहरु बाल्यकाल सम्झन्थे । छुपुमा छुपु धान रोपेको सम्झन्थे ।

यद्यपि साउन १५ धान गोड्ने बेल भइसकेको थियो । सिमसिम पानी परेर मौसमले पनि त्यस्तै संकेत गरेको थियो  कार्यक्रममा तारा केसी,शारदा घिमिरे,धरणीधर गुरागाँई,डा। मन्दने, राधा कार्की,बाबा बस्नेत, जसराज गुरुंग,बम बहादुर थापा,रिता खतिवडा, द्धारिका कुँइकेल, रत्नप्रसाद अनामणी,आशिष तामांग ,राष्ट्र ,दिक्षा भडण्डारी,भोजराज न्यौपाने, डिल्ली प्रसाद मुल्तीहुन, यसोधा अधिकारी, डां सत्यराज थपलिया, मनोहनोहर बाबु, अन्जान यात्री,नारायणप्रसाद श्रेष्ठ,जसिन्द्र श्रीपाली, डा। विदुर चालिसे, गुप्त बहादुर श्रेष्ठ,नर्वदेश्वरी सत्याल र दुर्गा अर्याल लगाएतले गीत, मुक्तक, कविता तथा गजल वाचन गरेका थिए ।

कार्यक्रममा सहभागी मध्यबाट बाबा बस्नेत, गोविन्द नेपालर बलराम दाहाललाई पुरस्कृत गरिएको पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जिवेन्द्र देव गिरीले स्रष्टाहरुले परम्पारालाई जोगाउँदै काव्य सर्जिनका यात्रामा लाग्नु सुखदु पक्ष भएको बताउनुभयो । कार्यक्रम पछि खीर खाएर स्रष्टाहरुलाई विदाइ गरिएको थियो ।