पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालन

काठाडौं । त्रिभुवन विश्वविद्यालयले आर्थिक पारदर्शिता कायम राख्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याएको छ । 

त्रिवि लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता कायम गर्न ३० वटै शाखाबाट एकैसाथ सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको हो । 

नयाँ प्रणालीले बेरुजु नियन्त्रणको प्रयासलाई सहयोग पुर्याउनुका साथै आर्थिक अनुशासन र पारदर्शिता कायम हुने रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो । 

यो प्राणली लागु भएपछि समयमै आन्तरिक एवं बाह्य लेखापरीक्षण गर्न नसके शाखाको बजेट निकासा समेत रोकिने रजिष्ट्रार उप्रेतीले बताउनुभयो ।