पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पहलमान सिंह स्वाँर साहित्य पुरस्कार बाज्राकीलाई 

काठमाडौँ । पहलमान सिंह स्वाँरको १३८ औँ जन्मजयन्तीका सन्दर्भमा ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य प्रतिभा पुरस्कार’ मनु ब्राजाकीलाई मरणोप्रान्त प्रदान गरिएको छ । 

पहलमान सिंह स्वाँर प्रतिष्ठानद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा  २५ हजार नगदसहितको पहलमान सिंह स्वाँर दीर्घ साहित्य प्रतिभा पुरस्कारबाट ब्राजाकीकी पत्नी ज्ञानुदेवी सिंह भण्डारीलाई सम्मान गरिएको छ । 

‘पहलमान सिंह स्वाँर साहित्य प्रतिभा पुरस्कार’ बाट साहित्यकार तीर्थ श्रेष्ठ, ‘तारामान सिंह–अम्बिकादेवी स्वाँर शिक्षा पुरस्कार’ बाट शिक्षाविद् प्राडा प्रेमकुमार खत्री, ‘बलमान सिंह स्वाँर चलचित्र पुरस्कार’ बाट चलचित्रकर्मी चेतन कार्की र ‘पहलमान सिंह स्वाँर विशेष सम्मान’ बाट गजलकार ज्ञानुवाकर पौडेललाई प्रादन गरिएको छ । ती सम्मानको राशि नगद रु १० हजार छ । 

नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले उहाँहरुलाई सम्मान गर्दै साहित्य, चलचित्र र संगीत क्षेत्रले मुलुकमा सामाजिक रुपान्तरणका लागि सशक्त भूमिका निर्वाह गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।