पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अक्सफोर्ड कलेजलाई अन्तराष्ट्रिय अवार्ड

चितवन । नवलपरासीको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैंँडाकोट विश्वमै उत्कृष्ट हुँदै अन्तराष्ट्रिय अवार्ड(स्वर्ण पदक) प्राप्त गर्न सफल भएको छ । 

विश्वका ११८ राष्ट्रलाई पछि पार्दै अक्सफोर्डले ‘इन्टरनेशनल स्टार फर लिडरसिप ईन क्वालिटी २०१८’ को स्वर्ण पदक प्राप्त गर्न सफल भएको आज नवलपुरको गैँंडाकोटमा आयोजित पत्रकार सम्मेलनमा प्राचार्य हरि भण्डारीले बताउनुभयो । 

सेवा, नयाँ आविष्कार, अनुसन्धान, विकास, निरन्तरता, शिक्षा, बजारीकरण, नेतृत्व क्षमता र व्यवस्थापन लगायतको आधारमा करीब ९० देशका विज्ञले मूल्यांकन गरी अवार्डको घोषणा गर्ने गर्दछ ।