पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विश्व हेपाटाइटिस दिवस सम्पन्न

काठमाडौ । विश्व हेपाटाइटिस दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले नेपालमा करिब ४ लाख हेपाटाईटिसका बिरामी भएको जानकारी दिनुहुदै हाल मानिसमा हेपाटाइटिस बी को संक्रमण बढिरहेको बताउनुभयो ।

कलेजोमा “हेपाटोट्रोपिक भाइरस” का कारण हुने संक्रमणलाई नै हेपाटाइटिस भनिन्छ ।

पाँच प्रकारमा वर्गीकरण गरिएको हेपाटाइटिस मध्ये “हेपाटाइटिस बी” र “हेपाटाइटिस सी”लाई गम्भिर खालको हेपाटाइटिस मानिन्छ ।

सामान्यतया वाकवाक लाग्ने, खानमा रुचि नहुने, आँखा र पिसाब पहेँलो हुने, दायाँ कोखामा अप्ठ्यारो हुने लगायत लक्षण देखा पर्दा धेरैले ग्यास्ट्रिकको शंका गर्ने भएकाले पनि यसको उपचारमा नजाने चिकित्सकको भनाइ छ ।