पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

इन्टरनेटको मूल्य नबढ्ने

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको समितिले इन्टरनेटको मूल्य वृद्धि नगर्ने निर्णय गरेको छ ।

इन्टरनेट सेवामा दूरसंचार सेवा शुल्कका कारण हुनसक्ने बृद्धिलाई इन्टरनेट सेवाको अध्ययन र सरकार तथा इन्टरनेट सेवा प्रदायकहरुको योगदानका आधारमा इन्टरनेट सेवाको मूल्य बृद्धि नहुने गरी मूल्य समायोजन गर्ने निर्णय समितिले गरेकोे मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालले इन्टरनेटको मूल्य समायोजन गर्ने लगायतका विषयमा सुझाव दिन मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्र संयोजक र नेपाल दूरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाल तथा आइ एस पी ए एन का प्रतिनिधि विनय बोहरा सदस्य रहनुभएको तीन सदस्यीय समिति गठन गरेको थियो ।